४ बैशाख २०८२, बिहिबार | Fri Apr 18 2025


साँगामा आईजीपी फुटबल प्रतियोगिता सुरु


182
Shares

काभ्रे । नेपाल पुलिस स्कूल साँगामा २८ औं अन्तरविद्यालय स्तरीय आईजीपी फुटबल प्रतियोगिता सुरु भएको छ ।

भूकम्प तथा कोरोना भाइरसको महामारीका कारण हुन नसकेको आइजीपी कप ३ वर्षपछि आयोजना गरिएको हो ।

प्रतियोगितामा जिल्लाका १५ विद्यालयका १६ टिम सहभागी छन् । विजेताले ५० हजार नगद मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेताले ४० हजार तथा तेस्रो हुनेले ३० हजार नगद तथा मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ ।

कार्यक्रमको उद्घाटन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एआइजी सहकुल थापाले गर्नुभएको थियो ।