२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


नेपालका तीन क्रिकेट खेलाडी पाकिस्तान सुपर लिगको ड्राफ्टमा


559
Shares

काठमाडौं । नेपालका तीन क्रिकेट खेलाडी पाकिस्तान सुपर लिग (पीएसएल) ड्राफ्टमा परेका छन् ।

नेपालका ओपनर अर्जुन साउद, फास्ट बलर सोमपाल कामी र विकेटकिपर ब्याटर सुवास खकुरेल ड्राफ्टमा परेका हुन् ।

पीएसएलले सार्वजनिक गरेको ड्राफ्ट सूचीको विदेशी खेलाडीको सिल्भर कोटामा उनीहरु अटाएका हुन् ।

यस संस्करणको पीएसएल ड्राफ्ट आगामी १५ डिसेम्बरमा रहेको छ । पीएसएलको लागि बुधबार सिल्भर विधामा विदेशी खेलाडीको नाम सार्वजनिक भएको हो ।

आगामी वर्षको फेब्रुअरी ९ बाट प्रतियोगिता सुरु हुने भए पनि खेल तालिका भने सार्वजनिक भएको छैन ।