
तेह्रथुम । पूर्वी नेपालमा बसोबास गर्दै आएका लिम्बु समुदायले आज (बिहिबार) चासोक पर्व हर्षोल्लासका साथ मनाइरहेका छन् ।
साेही समुदायलाई प्रकृति पुजको रूपमा लिईन्छ । लिम्बु समुदायको आफ्नै मौलिक पर्वहरू रहेका छन् । मौलिक पर्वहरू मध्ये चासोक तङनाम आर्थत (न्वागीपूजा) पनि एक हो । यो पर्व अन्नबाली पाकेर प्रकृतिलाई चढाउन सुरु भएसँगै चासोक सुरु हुन्छ। खेतबारीमा अन्नबाली लगाउँदा याक्वा गरी अर्थात प्रकृतिलाई अनुमति मागी अन्नबाली लगाउने गर्छन् । लगाएको अन्नबाली पाकेर पनि कसैले नखाईकन प्रकृतिलाई चढाएर मात्रै ग्रहण गर्ने प्रचलन रहँदै आएको छ ।
पूर्वका विभिन्न क्षेत्रसँगै तेह्रथुममा पनि रूपमा मनाइएको छ । विभिन्न कार्यक्रमका माझ चासोक पूजा तथा प्रतियोगिता सञ्चालन गर्दै यो पर्व हर्षाेल्लासका साथ लिम्बु समुदायले मनाएका छन् । लिम्बु समुदायमा घरघरमा नै चासोक मनाउँदै आएको भएपनि पछिल्लो समय यी समुदायको संघन बस्ती रहेको स्थानहरूमा सामूहिक रुपमा मनाउन थालिएको स्थानीय अनिल आंखेवाले बताउनुभयो ।
साेही पर्वको अवसरमा लिम्बु समुदायको च्याब्रुङ नाच धाननाच प्रदर्शन तथा छेलो हान्ने धनुकाँड हान्ने लगायतका लोप हुँदै गएका खेलहरु समेत सञ्चालन गरिन्दै आएका छन् । मानव जातिले खेतीपातीको क्रममा तागेरानिङवाफ्माङकै दिनकै कारण उत्पादन भएका अन्नबालीलाई उहाँलाई नै अनुमति माग्न नै चासोक थिसोक भएको लिम्बु भाषा तथा संस्कृति विकास केन्द्रका अध्यक्ष दिल पाक्साँवाको भनाइ छ ।
पछिल्लो समय लिम्बु समुदायको मौलिक संस्कार संंस्कृति संरक्षणमा यी समुदायको आकर्षण बढ्न थालेको छ । कृषि युगसँगै चासोक पर्वको सुरूवात भएको छथर गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बुको भनाइ छ । पूर्वी नेपाल तथा सिक्किम दार्जिलिङ लगायत विभिन्न मुलुकमा रहेका लिम्बुहरुले चासोक तङनामलाई हर्षोल्लासका साथ मनाउन थालेका छन् । साेही पर्वकाे अवसरमा स्थानीय सरकारले बिदा दिन समेत सुरु गरेको छ ।
लोप हुँदै गएको मौलिक पर्वहरुलाई संरक्षणलाई चासो दिने हो भने सामूहिक पर्वको रूमा विकास हुने थियो ।
प्रतिक्रिया दिनुहोस्