
सिन्धुली । सिन्धुलीका ठूला शहर बजारहरू सिन्धलीमाडी र दुधौली लगायतका मुख्य सडकमा जथाभावी रूपमा थुपारिएका निर्माण सामग्रीहरूका कारण बजार क्षेत्रहरूमा आवागमनमा समस्या भएकाे छ ।
सिन्धुलीमाडीमा अवस्थित स्थानीय कमलामाई नगरपालिकाको बजार क्षेत्रमा नयाँ घरहरू निर्माण गर्न थालेपछि सडक नै अवरोध हुने गरी निर्माण सामग्रीहरूको थुप्राहरू बढेको स्थानीयले बताएका हुन् ।
कमलामाई नगरपाकिला र दुधौली नगरपालिकाको मुख्य सडक आसपासको क्षेत्रमा नयाँ घर निर्माण गर्ने मानिसहरूलाई नगरपालिकाहरूले निर्माण सामग्रीहरु व्यवस्थित रूपमा राख्न निर्देशन जारी नगरेका कारण समस्या बढेको स्थानीयहरूले बताउँदै आएका छन् ।
सडकमा जथाभावी रूपमा थुपारिएका बालुवा, गिट्टी र रडको थुप्राहरूले सडकमा गुड्ने यातायातका साधन र पैदल यात्रीहरूलाई समेत कठिनाइ भएकाे छ ।
प्रतिक्रिया दिनुहोस्