१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


चलचित्र ‘झिँगेदाउ’को सिक्वेल बन्ने


182
Shares

काठमाडौं । चलचित्र ‘झिँगेदाउ’को सिक्वेल बन्ने भएको छ ।

करिब ४० वर्षअघिको नेपालको गाउँले परिवेशमा निर्माण भएको ‘झिँगेदाउ’ले राम्रो व्यवसाय गरेको कारण यसका निर्माता तथा निर्देशक ज्ञानेन्द्र देउजाले यसको सिक्वेल बनाउन लागेको हुन् ।

निर्देशक ज्ञानेन्द्र देउजाले फिल्मको सिक्वेल निर्माणको तयारी सुरु भएको बताएका छन् । चलचित्र ‘झिँगेदाउ २’ मा अघिल्लो पार्टका सबै मुख्य कलाकार दोहोर्‍याउने निर्देशक देउजाको योजना छ ।

‘झिँगेदाउ’मा हिउँवाला गौतम, केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल र कुशल विष्टको अभिनय थियो । ‘झिँगेदाउ २’को अर्को वर्ष सुटिङ सुरु हुने छ ।