
एजेन्सी । गुगलले आफ्नो सर्च इन्जिनमा सन् २०२२ मा सबैभन्दा धेरै खोजी गरिएका कलाकारको नयाँ सूची सार्वजनिक गरेको छ । यो सूचीको शीर्षस्थानमा हलिउड अभिनेता जोनी डेप छन् ।
अर्का हलिउड अभिनेता विल स्मिथ सन् २०२२ मा दोस्रो सर्वाधिक खोजी गरिएका कलाकार बने । गत मार्च २७ मा आयोजित ओस्कार अवार्ड समारोहमा सञ्चालक क्रिस रकलाई थप्पड हानेपछि अभिनेता स्मिथ चर्चामा आए ।
जोनी पूर्वपत्नी एम्बर हर्डसँगको सम्बन्ध विच्छेद र घरेलु हिंसाबारेको अदालती मुद्दाको कारण उनी यस वर्ष चर्चित बने । सञ्चार माध्याम र उनका प्रशंसकले उनलाई निकै पछ्याए ।
तेस्रो स्थानमा हलिउड अभिनेत्री एम्बर हर्ड रहिन् । पूर्वपति तथा अभिनेता जोनी डेपसँगको सम्बन्धविच्छेदको अदालती प्रकरणले उनलाई पनि चर्चामा ल्यायो । यी तीनै जना कलाकार सर्वाधिक खोजीको सूचीमा परेका छन् ।
त्यस्तै, क्रिस रक चौथो, जाडा पिन्केट पाँचौं स्थानमा छन् भने जोसेफ क्वीन छैटौं, इभान पिटर्स सातौंमा र एन्ड्रियु गारफिल्ड आठौंमा स्थानमा अटाएका छन् ।
प्रतिक्रिया दिनुहोस्