
सिन्धुली । सिन्धुलीकाे एक विद्यालयमा कार्यरत कार्यालय सहयोगीले काम नगरेका कारण विद्यार्थीहरू नै कार्यालय सहयोगीको काम गर्न बाध्य भएका छन् ।
विद्यालयले तलब भत्ता सुविधा दिएर राखेका कार्यालय सहयोगीहरू समयमा विद्यालय नआउने र कतिपयले कार्यालय सहयोगीको काम गर्न लाज मान्ने गरेका हुन् । जसका कारण विद्यालयमा अध्ययन गर्न गएका छात्र र छात्राहरूलाई नै प्रयोग गरी विद्यालयको कक्षा कोठा सरसफाई गराउनेदेखि चिया र पानी ओसार्ने खुवाउने काममा लगाएकाे देखिएकाे छ।

सिन्धुलीको कमलामाई नगरपालिका-१३ रूचानीमा अवस्थित चदाहा कमलासंगम प्राविमा अध्ययन गर्न गएका विद्यार्थीहरुलाई कार्यलयको कक्षा कोठा सफा गर्न लगाउने गरिएको छ । सोही विद्यालयका प्रधानाध्यापक उद्धव न्यौपानेले पढाईको समयमा विद्यार्थीहरुलाई यस्ताे काम गर्न लगाउने गरेका विद्यार्थीहरुको भनाइ छ। विद्यालयका कार्यालय सहयोगी प्रेम ठकुरी समयमा विद्यालयमा उपस्थित नभएका कारण विद्यालयका छात्र र छात्राहरुलाई नै सरसफाईको काम गराउन बाध्य पारेकाे सोही विद्यालयका अभिभावक भैरव ठकुरीले बताउनुभयाे ।

विद्यालयमा अध्ययन गर्न गएका विद्यार्थीहरुलाई विद्यालयले यसरी कार्यालय सहयोगीको काम गराउन लगाउने प्रधानाध्यापकलाई कारबाही हुने जिल्ला शिक्षा तथा समन्वय इकाईका कर्मचारी गोपाल देवकोटाले बताउनुभयाे ।
प्रतिक्रिया दिनुहोस्