२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


एनसेलले माफी माग्दै भन्याे–सडक विस्तारका क्रममा फाइबर काटियाे


1.144k
Shares

काठमाडौं । बिहीबार बिहानदेखि एनसेलको सेवा अवरुद्ध भएपछि एनसेलले एक सूचना जारी गर्दै माग्यो माफीको छ ।

सडक विस्तारका क्रममा बुटवल–बर्दघाट र दमौली–आँबुखैरेनी जोड्ने अप्टिकल फाइबर काटिएका कारण एनसेल आजियाटा लिमिटेडले दिँदै आएको सेवा अवरुद्ध भएको थियाे ।

एनसेलले कम्पनीका सम्बन्धित मर्मतसम्भार टोलीहरू फिल्डमा खटाइसकेकाले चाँडै सेवा सुचारु गर्ने प्रयास भइरहेको र अप्रत्याशित घटनाले सेवामा पर्न गएको असुविधाका लागि हामी क्षमाप्रार्थी छौं भनि माफी मागेको छ

यस्तै, अत्यावश्यक दूरसञ्चार सेवालाई सुचारु राख्नका लागि महत्त्वपूर्ण दूरसञ्चार पूर्वाधारको संरक्षणमा सजग रहन एनसेलले सबैलाई अनुरोध गरेको छ ।