
सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको न्यायिक समितिले टोलटोलमै पुगेर न्याय सम्पादन गर्न थालेको छ ।
गाउँपालिका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक विना राईको नेतृत्वको टोलीले चालु आर्थिक वर्षको हालसम्म पाँच वटा उजुरीको यथा स्थानमै पुगेर न्याय सम्पादनको काम गरेका हो ।
विगतको अभ्यासमा न्यायिक समितिमा परेको उजुरीमा वादीप्रतिवादी दुवैलाई गाउँपालिका झिकाएर न्यायिक समितिमा दर्जनौं पटक छलफल गराइन्थ्यो । तर पछिल्ललो समय न्यायिक समिति आफैँ उजुरीकर्ताको घरमा पुग्दा स्थानीयले खुसी व्यक्त गरेका छन् ।
पालिकाको इजलासमा बोलाउने र जनतालाई दुःख दिने परिपाटीको अन्त्य गर्दै जनतालाई सहज सेवा प्रदान गर्न सम्बन्धी स्थलमै पुगेर न्यायिक निरूपण गर्ने अभियान थालेको उपाध्यक्ष विना राईले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्