१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भाडा वृद्धि गर्ने निर्णय तत्काल फिर्ता गर्न महासंघको माग


325
Shares

काठमाडौं । नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले औद्योगिक क्षेत्रमा ७०० प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय तत्काल फिर्ता गर्न सरकारसँग माग गरेको छ ।

बिहीबार महासंघले पत्रकार सम्मेलन गर्दै एकैपटक ७०० प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय नियमावली विपरित भएकाले तत्काल निर्णय फिर्ता लिन माग गरेको हो ।

औद्योगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन नियमावली, २०७१ पछि भाडावृद्धिको मापदण्ड बनाएर ५÷५ वर्षमा भाडावृद्धि गर्नुपर्नेमा नियमविपरित २०७२ र २०७३ सालमा १५/१५ प्रतिशतले भाडावृद्धि गर्ने र २०७५ मा एकैपटक ७०० प्रतिशतसम्म वृद्धि गर्ने कार्य नियम विपरित भएको महासंघले जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष रामहिरा पाठकले महासंघको आग्रहलाई बेवास्ता गरे चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिनुभयो ।

पहिलो चरणमा मंसिर २५ गतेदेखि भाडा वृद्धि फिर्ता गर्न मागसहितको कालो व्यानर तथा कालो झण्डा प्रदर्शन गर्ने, लिमिटेडलाई भाडा, शुक्ल आदि रकम भुक्तानी नगर्ने र महाप्रवन्धकको कार्यकक्ष तथा क्षेत्र व्यवस्थापकको कार्यकक्षमा सांकेतिकरुपमा एकदिने तालाबन्दी गर्ने उहाँले चेतावनी दिनुभयो । नाफाको व्यापार राज्यले गर्ने नभएको भन्दै उहाँले उद्योगहरु अहिले धराशायी अवस्थामा पुगेको बताउनुभयो ।

अध्यक्ष पाठकले उद्योग मन्त्रालयबाट उद्योग क्षेत्रका समस्या सरकारको नभएको भन्नेजस्ता गैह्रजिम्मेवारीपूर्ण कुरा आएको भन्दै विरोधका कार्यक्रहरु अघि सार्नुपरेको बताउनुभयो ।