७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


सिन्धुलीको फिक्कलमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न


52
Shares

सिन्धुली । स्थानीय सरकारले सञ्चालन गरेका कामको जनगुनासो सुन्नका लागि सिन्धुलीको फिक्कल गाउँपालिकामा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएकाे छ ।

कार्यक्रम गाउँपालिकाकाे चालू आर्थिक प्रथम चौमासिकमा भएका सम्पादित कार्यक्रम र योजना सुशासन तथा सेवा प्रवाहका सम्बन्धमा विशेष छलफल भएकाे हाे । साेही गाउँपालिकाका सेवा प्रावाह क्षेत्रका नागरिकको बुझाई र पालिकाले गर्नुपर्ने सुधारको पक्षमा नागरिकको सुझाव संकलनका लागि कार्यक्रम संचालन गरिएकाे थियाे । फिक्कल गाउँपालिका अध्यक्ष पार्वती सुनुवारको अध्यक्षतामा कार्यक्रममा भएको हाे ।

कार्यक्रममा पालिकाभित्रका सरोकारवाला निकायका व्यक्तिहरुको उपस्थितिमा संचालित सार्वजनिक सुनुवाई कार्यक्रममा शिक्षक कर्मचारीहरुको पदपूर्ति समयमा नै हुन नसकेको, स्थानीय पाठ्यक्रमका कारण कम्प्युटर शिक्षापछि परेको, स्थानीय स्तरमा अस्पताल नहुँदा सामान्य बिरामीका लागि पनि एम्बुलेन्स नै चढ्नु पर्ने बाध्यता भएको गुनासाे स्थानीयले राखेका थिए । सोही सुनुवाई कार्यक्रममा पालिकाले विगतका वर्षहरुमा वितरण गर्दै आएको किसानलाई आलु, तरकारीको बेर्नाहरु वितरण नगरेको गुनासो स्थानीयले गरेका थिए ।

कार्यक्रमा उठेका जिज्ञासाहरुलाई पालिका अध्यक्ष पार्वती सुनुवार, उपाध्यक्ष राजु बराल, प्रमुख प्रशासकीय अधिकृत शिवहरी दाहाल, वडा अध्यक्षहरु होमबहादुर सुनुवार, शंकरबहादुर भण्डारी, टेकबहादुर रजन मगर, मोहन मगर, बैकुण्ठलाल पहाडी र कुलेन्द्रबहादुर मगरले जवाफ दिएका थिए ।