
सिन्धुली । सिन्धुलीकाे कमलामाई मन्दिरकाे उद्गमस्थलको संरक्षण र सम्वर्धनका लागि सरकारी निकायले चासो दिएकाे छ।
जसका कारण उद्गम स्थलको विकास संरक्षणमा समेत टेवा पुग्न थालेको हाे । पछिल्लो समयमा सिन्धुलीको कमलामाई नगरपालिकाले कमलामाई मन्दिरको उद्गमस्थल क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न उच्च प्राथमिकता दिने भएको छ । पर्याप्त प्रचारप्रसारको अभावका कारण ऐतिहासिक उद्गम स्थल ओझेलमा परेपछि पछिल्लो समयमा नगरपालिकाले पर्यटन प्रवर्धनमा जोड दिन सुरू गरेको हो । सिन्धुलीको ऐतिहासिक तथा पुरातात्विक कमलामाई मन्दिरको उत्पत्तिस्थल कमलामाई नगरपालिका–८ माईशिरलाई मानिन्छ ।
सिन्धुलीको मदन भण्डारी र वीपी राजमार्गबाट यातायातको सुविधाले गुग्न सकिने कमलामाई स्थानमा श्रद्धालु भक्तजनहरुको चहलपहल बढ्दा समेत उद्गमस्थलमा भने प्रायः सुनसान नै देखिन्छ । मन्दिर र प्राकृतिक देवी देवताहरूको शिला छन् । कमलामाई देवीले पानी पोखेकाे ठाउँबाट उम्रिएको पानी माईपोखरीमा जम्मा गरिएको छ ।
इतिहासकारका अनुसार श्री ३ चन्द्रशम्शेरको पालमा वि.स.१९६४ मा फौदसिंहले माईशिरमा मन्दिर स्थापना गर्नुभएको थियो। कमलामाई मन्दिरको माईशिरमा भएपनि त्यसको ऐतिहासिक धार्मिकता कमलामाई स्थानमा जोडिएकाले दुवै स्थलमा सत्यता र उत्तिकै महत्व रहेको कमलामाई मन्दिरमा ४३ वर्षदेखि पूजारीका रूपमा रहनुभएका विष्णुप्रसाद कोइरालाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्