२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सम्पत्ति शुद्धीकरण सुपरिवेक्षणका लागि छुट्टै महाशाखा बनाउने राष्ट्र बैंकको तयारी


130
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी पुस १ गतेदेखि सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निरीक्षण तथा सुपरिवेक्षण गर्ने भएको छ ।

यस्तो, सुपरिवेक्षणका लागि राष्ट्र बैंकले छुट्टै महाशाखाको स्थापना गर्ने भएको हो ।

शुक्रबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा (मनी लौन्डिङ प्रिभेन्सन सुपरिभिजन डिभिजन) स्थापना गर्ने निर्णय भएको जनाएको छ ।

यसै महाशाखाले अब सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा भए गरेका तथा सम्भावित वित्तीय लगानीको अध्ययन, निरीक्षण तथा सुपरिवेक्षण गर्नेछ ।

यसअघि गोएमएलमार्फत राष्ट्र बैंकले यस्ता गतिविधिको अध्ययन गर्दै आएको थियो ।