८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


सिन्धुलीमा चक्लाबन्दी खेती प्रभावकारी बन्दै


65
Shares

सिन्धुली । सिन्धुलीमा पछिल्ले समयमा चक्लाबन्दी खेती प्रभावकारी बन्दै गएको छ ।

सिन्धुलीको दुधौली नगरपालिका–२ हत्पतेमा संचालन गरिएको चक्लाबन्दी खेतीबाट उत्पादन दोब्बर भएपछि किसान उत्साहित बनेका हुन् । जनसहभागितामा आधारित सामूहिक चक्लाबन्दी खेतीबाट उत्पादन वृद्धि भइ बिक्री गरेर किसानले प्रयाप्त मुनाफा समेत आर्जन गरेका छन् । बागमती प्रदेश सरकारको ३ करोड ८२ लाख रुपैयाँ सहयोगमा प्रदेशमै पहिलो पटक थालिएको चक्लाबन्दी खेती अन्तर्गत बेमौसमी तरकारी, धान, मकै, गहुँ, दलहन र तेलहन लगाइएको छ ।

साेही खेतीमा नमूना कृषि सहकारी मार्फत किसानहरुलाई आबद्ध गराइएको छ । खेतको आम्दानी पनि पाउने र कामको ज्याला पनि पाइने भएपछि यो कार्यक्रम आफूहरूका लागि लाभदायक भएको स्थानीय किसानहरु बताउँछन् । व्यवस्थित कृषि सडक, यान्त्रिकीकरण, सिंचाइ, विद्युत र प्रविधि लगायतका सुविधा उपलब्ध भएकाले उत्पादनमा वृद्धि भएको हो ।बीउबिजन, यान्त्रिकीकरण र प्रविधि प्रदेश सरकारले उपलब्ध गराएको छ । कृषि प्राविधिकको व्यवस्था स्थानीय सरकारले गरेको छ ।

प्राविधिक समेतको सहभागितामा यान्त्रिकीकरणबाट खेती गर्दा दोब्बर उब्जनी हुने गरेको देखिन्छ । यो वर्ष धानको उत्पादन राम्रो भएकाले मकैको उत्पादन पनि राम्रै हुने अनुमान गरिएको छ । कमलाखोंज क्षेत्रलाई अन्न उत्पादनको भण्डार मानिने भएकाले तरकारीकाे अलावा धान, मकै र गहुँलाई समेत प्राथमिकतामा राखेर खेती गर्न थालिएको समेत देखिन्छ ।