१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सिन्धुलीका स्थानीय तहहरूमा बजेट खर्चकाे प्रगति न्यून


65
Shares


सिन्धुली । सिन्धुलीका केही स्थानीय तहहरूमा चालू आर्थिक वर्षको एक चौमासिक बितिसकेकाे छ ।

तर पनि यस वर्षको चालू र पूँजीगत खर्चमा उल्लेखनीय प्रगति हुन सकेको छैन । लामो समय बितिसक्दा समेत वार्षिक बजेट कार्यान्वयनमा प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका कारण असर परेकाे हाे । केही स्थानीय तहहरुमा भने कार्यक्रमकाे स्पष्ट खाका नहुँदा विकास निर्माणका काम ठप्प रहेका छन् । सिन्धुलीको गोलन्जोर पाउँपालिकाले कार्यपालिकामा आन्तरिक दलीय विवादका कारण बजेट अनुसारका काम संचालन गर्न सकेको छैन ।

सुनकोशी, तीनपाटन र घ्याङलेक गाउँपालिकाको चालू आर्थिक वर्षको बजेट खर्च प्रगति २० प्रतिशत देखि ३० प्रतिशतको हाराहारीमा रहेको देखिएको छ । कार्यपालिकामा हुने दलीय खिचातानीका कारण सिन्धुलीको कमलामाई नगरपालिकामा बजेट कार्यान्वयन खर्च प्रगति २० प्रतिशतको हाराहारीमा रहेको छ । सिन्धुलीको दूधौली नगरपालिकामा पनि चालू आर्थिक वर्षको बजेट कार्यान्वयन खर्चमा उल्लेखनीय प्रगति हुन नसकेको हो ।

अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ को उपदफा ३ मा नगर तथा कार्यपालिकाहरुले प्रत्येक वर्ष असार महिनाको १० गतेभित्र आगामी आर्थिक वर्षको राजस्व र ब्ययकाे अनुमान सम्बन्धित नगर तथा गाउँसभामा पेश गर्नुपर्ने प्रावधान रहेकाे छ । साेही प्रावधान अनुसार त्यहीं समयमा नै बजेट ल्याएका सिन्धुलीका स्थानीय तहहरुको चालू आर्थिक वर्षको बजेट खर्चको प्रगति २० प्रतिसतको हाराहारीमा भन्दा माथि उठन सकेकाे छैन ।