
धनकुटा । धनकुटामा मानवअधिकार उल्लंघनका घटनामा वृद्धि भएको पाइएको छ ।
७४ औं विश्व मानवअधिकार दिवसको अवसरमा धनकुटामा भएको मानव अधिकारको अवस्था,नागरिक समाजको भूमिका विषयक अन्र्तक्रियामा मानव अधिकार उल्लंघनका घटना बार्षिक रुपमा बढ्दै गएको प्रतिवेदन सार्वजनिक भएको हो ।
इन्सेक धनकुटा, हुसाडेक नेपाल र गैसस महासंघले धनकुटामा आयोजना गरेको कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सन् २०२२ मा जिल्लामा मानव अधिकार उल्लघंन तथा ज्यादतीका ७५ ओटा घटना अभिलेख गरेको जनाकारी दिएको छ ।
जसमा ५ जनाको हत्या, कुटपिट ६ जना, हत्या प्रयास ४ जना, ७ बालिका सहित ११ जना बलात्कृत, १ जनामा बलात्कार प्रयास,बाल यौन दुव्र्यवहार २ जना र घरेलु हिंसाका ४६ जना पीडित भएको अभिलेख गरेको इन्सेक प्रतिनिधि इश्वर थापाले जानकारी दिनुभयो ।
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि जिल्लामा सन् २०२२ को जनवरीदेखि मंसिरसम्म भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि पूर्व समीक्षा गरिएको हो ।
इन्सेकको प्रतिवेदन अनुसार जिल्लामा गत वर्ष ५७ ओटा घटना अभिलेख गरिएको यो वर्ष ७५ ओटा घटना भएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्