
काठमाडौं । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा निःशुल्क स्वास्थ शिविर सम्पन्न भएको छ ।
नेपाल प्रहरी श्रीमती संघ र सशस्त्र प्रहरी परिवार महिला संघको संयुक्त आयोजना तथा कलेज अफ मेडिकल साईन्सेस चितवनसँगको सहकार्यमा उक्त शिविर सम्पन्न भएको हो ।
शिविरमा निःशुल्क भिडियो ऐक्स-रे तथा ईसिजी, मृगौला तथा मुत्ररोग परीक्षण, रक्तचाप तथा मधुमेह परीक्षण, छाला सम्बन्धी परीक्षण, हाड जोर्नी तथा नशा सम्बन्धी परीक्षण र स्त्री तथा प्रसुती रोगसम्बन्धी परीक्षण गरिएको थियो ।
स्वास्थ्य जाँच पश्चात् निःशुल्क औषधी समेत वितरण गरिएको हो ।
निःशुल्क स्वास्थ्य शिविरमा नेपाल प्रहरीका २३१ जना र सशस्त्र प्रहरी बल नेपालका ४५ जना कर्मचारीहरू तथा १५ जना प्रहरी कर्मचारी परिवारका सदस्य गरी २९१ जनाले निःशुल्क स्वास्थ्य सेवा लिएका थिए ।
शिविरमा ७३ जना महिला र २१८ जना पुरुषले सेवा लिएका थिए ।
प्रतिक्रिया दिनुहोस्