२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सिन्धुलीमा लैंगिक हिंसा विरूद्धकाे हस्ताक्षर संकलन कार्य सम्पन्न


117
Shares

सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिकामा समाजमा हुने लैंगिक हिंसा विरुद्ध महिलाहरुको हस्ताक्षर संकलनकाे काम शनिबार सकिएकाे छ ।

सामूहिक सरोकार समाज सिन्धुलीको सहकार्यमा फिक्क्ल गाउँपालिकाको कार्यालय खाङसाङमा हस्ताक्षर संकलन गरिएको हो । महिल विरुद्ध हुने लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको क्रममा हस्ताक्षर संकलन गरिएको आयोजकले जनाएको छ। साेही अभियान यहि मंसिर ९ गतेदेखि २४ गतेसम्म संचालन भएकाे हाे । पिछडिएको ग्रामीण बस्तीमा अझै पनि महिला विरुद्ध हिंसा हुने गरेका घटनालाई निर्मूल पार्ने उदेश्यले सोही कार्यक्रमको आयोजना गरिएको हो ।

सोही हस्ताक्षर अभियानको सुरुवात फिक्कल गाउँपालिका अध्यक्ष पार्वती सुनुवारले गर्नुभयाे । साेही पालिकाका जनप्रतिनिधि, कर्मचारी, विभिन्न सरोकारवाला निकाय र स्थानीयहरुले हस्ताक्षर गरेका थिए । ‘म हिंसा गर्दिन, हिंसा सहन्न, हिंसा भएको गरेको देखेमा प्रतिकार गर्छु’ भन्ने प्रतिवद्धतासहित हस्ताक्षर संकलन गरिएको हो ।

सिन्धुलीमा हिंसा पीडित महिलालाई १६ दिने अभियानका क्रममा खाद्य सामग्री वितरण समेत गरिएको छ । अखिल नेपाल महिला संघ सिन्धुलीले हिसां पिडित महिलाका लागि चामल, दाहाल, नून र तेल लगायतका खाद्य सामाग्री हस्तान्तरण गरेको थियो ।