२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सिन्धुलीगढीमा पर्यटकको संख्यामा वृद्धि


130
Shares

सिन्धुली । सिन्धुलीको सिन्धलीगढीमा आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन बढ्न थालेको छ ।

नेपाली सेना र कमलामाई नगगरपालिकाको संयुक्त लगानीमा सिन्धुलीगढी क्षेत्रमा युद्धकला संग्राहलय र सानी दरबार निर्माण तथा पुनः निर्माण गरिएपछि पर्यटकहरुको घुइँचो लाग्न थालेको हो । एक तथ्यांकका अनुसार डेढ वर्षकाे अवधिमा करिब १ लाख ४० हजार भन्दा बढी पर्यटकले सिन्धुलीगढीको अवलोकन गरेका छन् । ती मध्धे आधा-आधी भारतीय पर्यटक रहेका छन् ।

सोही अवधिमा कमलामाई नगरपालिकाले ७५ लाख राजस्व संकलन भएको छ । याे नगरपालिकाका निर्वाचित जनप्रतिनिधि, ७० वर्ष माथिका जेष्ठ नागरिक, नागरिक बहालवाला नेपानी सेना, पत्रकार र कमलामाई नगरपालिकाका कर्मचारी र संग्रहालयलाई ऐतिहासिक वस्तु उपलब्ध गराउने व्यक्तिहरुले भने युद्ध संग्रहालयमा नि:शुल्क अवलोकन गर्न पाउने भएका छन् ।

पछिल्लो समयमा सिन्धुलीगढीमा दैनिक २ सय देखि ३ सय पर्यटक आउने गरेका छन् । सिन्धुलीगढीमा भारत र जापान लगायतका देशबाट समेत युद्ध संग्राहलय र सिन्धुलीगढी अवलोकन गर्न आउने गर्दछन् । वीपी राजमार्ग नजिक भएकाले पनि सिन्धुलीगढीमा पर्यटक बढेका छन् । राजमार्ग हुँदै आवतजावत गर्ने नागरिकहरूले सिन्धुलीगढीमा समेत अवलोकन गर्ने गरेका छन् ।

साेही युद्ध संग्रहालयले पर्यटकहरूलाई वीरताको इतिहासका दस्तावेजहरूसहित निर्मित संग्रहालय इतिहासका सोधकर्ता, अध्येता, अनुसन्धानकर्ता, विद्यार्थी तथा पर्यटकहरूका लागि महत्वपूर्ण आकर्षणकाे केन्द्र बनेको देखिएको छ ।