१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


श्रीमान दिलीप कुमारको १०० औं जन्मजयन्तीको अवसरमा भावुक भइन् सायरा


1.937k
Shares

एजेन्सी । भारतीय अभिनेता दिलीप कुमारको १०० औं जन्मजयन्तीको अवसरमा हेरिटेज फाउण्डेसनले ‘हिरो अफ हिरो’ फिल्म फेस्टिभल आयोजना गरेको भारतीय सञ्चार माध्यमले जनाएको छ ।

जसमा दिलीपका फिल्महरू पुनः प्रदर्शन गरिएको छ । सोही अवसरमा उनकी श्रीमती सायरा बानो पनि कार्यक्रममा पुगेकी थिइन् । सोही कार्यक्रमको एक भिडियो सार्वजनिक भएको छ, जसमा दिलीप कुमारको पोस्टर छुदै सायरा भावुक भइरहेकी छन् ।

यो भिडियो हेरेपछि फ्यानहरूदेखि लिएर सेलिब्रेटीसम्मले सायरालाई कमजोर नहुन अपिल गरिरहेका छन् । जहाँ एक प्रयोगकर्ताले लेखेका छन्, ‘साँचो प्रेम शब्दमा व्यक्त हुँदैन । यो केवल हरेक नकहिएको कुरामा प्रतिबिम्बित हुन्छ ।’ त्यस्तै अर्को एक जनाले लेखे, ‘यसलाई भनिन्छ साँचो माया ।’

दिलीप कुमारकी पत्नी सायरा बानो पनि बलिउड अभिनेत्री हुन् । सायराले सन् १९६१ मा आएको फिल्म ‘जंगली’ मा शम्मी कपूरसँग काम गरेर आफ्नो करियर सुरू गरेकी थिइन् । त्यसपछि उनले ‘ब्लफ मास्टर’, ‘झुक गया आसमान’, ‘आई मिलन की बेला’, ‘प्यार मोहब्बत’, ‘भिक्टोरिया नम्बर २०३’, ‘आदमी और इन्सान’ जस्ता फिल्ममा काम गरिन् ।

सायरा र दिलीपको फिल्ममा सँगै काम गरेर सन् १९६६ मा विवाह गरे । यद्यपि दिलीप कुमारको ७ जुलाई २०२१ मा ९८ वर्षको उमेरमा निधन भएको थियो ।

दिलीप कुमार र सायरा बानोको विवाह हुँदा सायरा २२ वर्षको र दिलीप ४४ वर्षका थिए । उनीहरूका सन्तान छैनन् ।