२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


उदयपुरमा १ सय २० किलो गाँजा बरामद


169
Shares

उदयपुर । उदयपुरमा १ सय २० किलो गाँजा बरामद भएको छ ।

कटारी नगरपालिका ६ साँगुरीबाट झण्डै १ सय २० किलो अवैध लागु औषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्तिहरूले बोकी ल्याएका ६ बोरा छाडेर फरार भएपश्चात् जाँच गर्ने क्रममा उक्त उक्त बोराहरुबाट सो परिमाणमा गाँजा बरामद भएको हो । फरार व्यक्तिहरूको खोजी भैरहेको प्रहरीले जनाएको छ ।