
स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिकाले कृषि र पर्यटनको दिगो विकासको लागि ७ दर्जनभन्दा बढी मौरीको घार वितरण गरेको छ ।
नगरपालिका र युएनडिपीको आर्थिक सहयोगमा मौरीको घार वितरण गरिएको पालिकाले जनाएको छ ।
पर्यटन व्यवसायी र कृषकको आय आर्जन वृद्धि गरि कृषि र पर्यटनको दिगो विकासका लागि शतप्रतिशत अनुदानमा मौरीको घार वितरण गरिएको भीरकोट नगरपालिकाका नगर प्रमुख गोबिन्द कुमार कर्माचार्यले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्