१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सर्वोच्चको प्रश्नबारे संसद सचिवालयले पठायो जवाफ


312
Shares

काठमाडौं । संसद सचिवालयले सर्वोच्च अदालतको प्रश्नबारे प्रतिक्रिया पठाएको छ ।

संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा विरुद्धको महाअभियोग निष्प्रभावी भएको पत्रबारे सर्वोच्च प्रशासनले गरेको प्रश्नको सचिवालयले प्रतिक्रिया स्वरुप पत्र पठाएको हो ।

गत बुधबार निलम्बित प्रधानन्यायाधीश राणामाथिको महाभियोग निष्क्रिय भएको पत्र दिँदै कामकाज गर्न दिन सर्वोच्चलाई पत्र लेखे पछि सर्वोच्च अदालतका सहरजिस्ट्रार नारायणप्रसाद रेग्मीले कुन संविधान र कानूनको आधारमा महाभियोग निष्प्रभावी भएको हो भन्दै गौतमसँग जवाफ माग्नुभएको थियो ।

गौतमलाई सर्वोच्च अदालतको पूर्णबैठकले पत्र पठाएलगत्तै संवैधानिक इजलासले पनि महाभियोग निष्प्रभावी हुने पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिइसकेको छ । संसद सचिवालयले पूर्णबैठकको प्रश्नको जवाफ भने संवैधानिक इजलासमा जवाफ दिने क्रममा पठाउने जनाएको छ ।

गत बुधबार संसद सचिवालयका महासचिब डा. गौतमले निलम्बनमा रहेका राणालाई निलम्बन फुकुवा भएको पत्र पठाउनुभएको थियो ।