१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


स्कुल बसको ठक्करबाट प्रहरीको मृत्यु


351
Shares

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा स्कुल बसको ठक्करबाट एक जना सशस्त्र प्रहरीको मृत्यु भएको छ ।

कीर्तिपुर नगरपालिका–६ स्थित सशस्त्र प्रहरी गण अगाडिको मूल सडकमा मोर्डन इन्डियन स्कुलको ना१क १६१२ नंको बसको ठक्करबाट २९ वर्षीय सुवासचन्द्र रतेलाको आइतबार बिहान मृत्यु भएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते रतेलाको उपचारका क्रममा मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । स्कुल बसले रतेलाले चलाएको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

बझाङको जयपृथ्वीबहादुर नगरपालिका कोटेली–५ निवासी रतेला सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालय हलचोकमा कार्यरत थिए । बस चालकलाई भने महानगरीय प्रहरी वृत्त कीर्तिपुरले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।