
फाइल तस्बिर
दाङ । दाङका किसानलाई डेबिट र क्रेडिट कार्ड वितरण गरिएको छ ।
पहिलो चरणमा तुलसीपुर- १६ का किसानलाई डेबिट र क्रेडिट कार्ड वितरण गरिएको हो ।
वडा अध्यक्ष शिवानन्द डाँगीका अनुसार पहिलो चरणमा ४० किसानलाई डेबिट कार्ड र १३ किसानलाई क्रेडिट कार्ड वितरण गरिएको हो ।
सिसा परियोजना, सीमिट इन्टरनेशनल र आइडिइ नेपालको आर्थिक सहयोगमा मेगा बैंकले डेबिट–क्रेडिट कार्ड वितरण गरेको हो । डेबिट र क्रेडिट कार्डले किसानलाई डिजिटल बैंकिङ कारोबार गर्न सहज बनाउने भन्दै यो किसानलाई खुसीको कुरा भएको वडाध्यक्ष डाँगीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्