
सिन्धुली । सिन्धुलीका स्थानीय किसानहरू हिउँदे तरकारी खेती गरेका कारण आत्मनिर्भर बन्दै गएका छन् ।
हिउँदे मौसममा फल्ने विभिन्न खालका तरकारीहरूको खेतीले सिन्धुलीकाे कमलाखोंचमा आर्थिक सम्वृद्धि गराउनुका साथै जीवनस्तर उकास्न समेत सहयोग गरेकोे हाे । यस वर्ष सिन्धुलीको सुनकोशी गाउँपालिकाको नागी, चालिसे, गोलन्जोर गाउँपालिकाको खनियाखर्क, नयाँ खर्क कमलामाई र दूधौली नगरपालकाका विभिन्न क्षेत्रमा करिब ३२ हजार हेक्टर क्षेत्रफलमा व्यवस्थित रूपमा तरकारी खेती संचालन गरिएको छ ।
विगत वर्षहरुमा सोही क्षेत्रमा तरकारी खेती नहुँदा किनेर उपयोग गर्नु परेका कारण लाखौं धनरासी बाहिर जाने गर्दथ्यो । तर केही वर्ष यता स्थानीय स्तरमा किसानहरुले उत्पादन गरेको तरकारीले स्थानीय मागलाई परिपूर्ति गर्नुका साथै बढी भएको तरकारी बिक्री–वितरण गरी आर्थिक आयआर्जन गर्न पाएका छन् । सिन्धुलीमा हिउँदे तरकारी खेतीका लागि परिचित महाभारत क्षेत्रका विभिन्न भू–भागहरुमा किसाहरुले काउली, ब्रोकाउली, आलु, सिमी, गोलभेडा र खुर्सानी तरकारी खेती संचालन गरेका छन् ।
सिन्धुलीको विभिन्न क्षेत्र क्षेत्रका विभिन्न स्थानहरुमा यसवर्ष गरिएको काउली, बन्दाकाउली, गोलभेडा र खुर्सानी लगायतका विभिन्न खाले तरकारी खेतीबाट करिब ७ करोड आम्दानी हुने अनुमान समेत गरिएको छ । सिन्धुली जिल्लाका विभिन्न क्षेत्रमा उत्पादन भएका तरकारीहरु जिल्ला सदरमुकाम सिन्धलीमाडी, भिमान खुर्कोट र खनियाखर्क बजारहरुमा बिक्री–वितरणका लागि पुर्याईने गरिदै आईएको छ ।
विगत परम्परागत रुपमा गरिने अन्नबालीको तुलनामा व्यवस्थित रूपमा गरिने तरकारीको खेतीले बढी आम्दानी हुने र जीविकोपार्जनमा समेत सहज हुने कुरा स्थानीय किसानहरुले नै बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्