
धादिङ । धादिङको त्रिपुरासुदरी गाउँपालिका-३ मुलपानी आहालेमा श्रीमान र श्रीमतीकै हत्या भएको छ ।
अन्दाजी ७० वर्षीय श्रीमान विष्णुबहादुर आलेमगर र ६५ वर्षीय श्रीमती निरमायाँ आलेमगरको हत्या भएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएकाे हाे । श्रीमती निरमायाँको शव घरभित्रै रहेको र श्रीमान विष्णुको शव भने घरबाहिर रहेको घटना स्थलबाट स्थानीयले बताएका छन् ।
उनीहरू दुवै जना हत्या भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । घटना स्थलमा प्रहरी पुगिसकेको छ । अहिले उक्त घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्