१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आगो ताप्ने क्रममा जलेर एक वृद्धको मृत्यु


429
Shares

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका –१ जोरपोखरीकोटखेरामा आगो ताप्ने क्रममा जलेर एक वृद्धको मृत्यु भएको छ ।

सोमबार बिहान आफ्नै घरको अगेनामा आगो ताप्ने क्रममा जलेर जोरपोखरीकोटखेराका ७५ वर्षीय खिमबहादुर बिकको मृत्यु भएको हो ।

खरले छाएको माटोको घरमा सुत्ने कोठाभित्र अगेनामा आगो बालेर ताप्ने क्रममा बिक जलेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुुभयो ।