२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


काठमाडौंमा चिसो बढ्यो


208
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा दिउँसोभन्दा बिहान र बेलुका चिसो बढेको छ ।

सोमबार यहाँको न्यूनतम् तापक्रम ५.४ डिग्री सेल्सियसमा झरेको छ । काठमाडौंमा यस वर्षकै सबैभन्दा कम तापक्रम भएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

उहाँका अनुसार आइतबार काठमाडौंको न्यूनतम् तापक्रम ६ डिग्री सेल्सियस थियो । न्यूनतम् तापक्रम घट्न थालेसँगै चिसो बढ्दै गएको छ ।

हिमाली जिल्लामा हिमपात भइरहेको र तराईका जिल्लामा पनि बिहानको समयमा कुहिरो लाग्न थालेको मौसमविद्ले जनाएका छन् । मौसम सामान्यतया सफा नै रहने भएकाले दिउँसो भने घाम लाग्ने गरेको छ ।

सोमबार पनि दिउँसोको मौसम सामान्यतया सफा नै रहने अनुमान रहेको मौसमविद् मानन्धरले जानकारी दिनुभयो ।