
काठमाडौं । यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा प्रत्यक्ष भन्दा समानुपातिक प्रणालीतर्फ बढी मत बदर भएको छ ।
प्रतिनिधि सभा प्रत्यक्ष प्रणालीमा ५.०६ प्रतिशत मत बदर भएको छ भने समानुपातिक तर्फ ५.९ प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । यता, प्रदेशसभा तर्फ प्रतक्ष प्रणालीमा भएको मतदानमा ४.७ प्रतिशत मत बदर भएको छ भने प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ ६.५५ प्रतिशत मत बदर भएको छ ।
प्रतिनिधि सभा प्रत्यक्ष तर्फ एक करोड १० लाख ४७ हजार ३४ अर्थात् ६१.४१ प्रतिशत मतदान भएको थियो भने समानुपातिक निर्वाचन प्रणालीतर्फ एक करोड ११ लाख २६ हजार २ सय २६ अर्थात् ६१.३५ प्रतिशत मतदान भएको थियो ।
प्रदेशसभातर्फ प्रत्यक्षमा मनाङको प्रदेशसभा २ मा निर्विरोध भएकाले सो क्षेत्रको मतगणनामा समावेश नगरिएको निर्वाचन आयोगले जनाएको छ । आयोगले समानुपातिकतर्फको विजयीहरुको अन्तिम घोषणा मंगलबार गर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्