
काठमाडौं । सडक भासिएर ढल फुट्दा काठमाडौंको लैनचौर सडक खण्ड अवरुद्ध भएको छ ।
लैनचौरस्थित नेपाली सेनाको ब्यारेकको पर्खाल नजिकको सडकको ढल दुई पटकसम्म फुट्दा ढलको पानी सडकभरी बग्दा यात्रुहरुलाई समस्या परेको छ ।
फुटेको ढलको पानी दुवैतर्फ बगेकाले सडकमा ट्राफिक जाम भएको छ । मेलम्चीको पानीको फोर्सले सडक भासिएको अनुमान गरिए पनि सरकारी निकायले त्यसबारे केही सूचना दिएको छैन ।










प्रतिक्रिया दिनुहोस्