१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


छुट्टै सम्पत्ति शुद्धीकरण निवारण सुपरीवेक्षण महाशाखा स्थापना हुने


104
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण निवारण सुपरीवेक्षण प्रभावकारी बनाउनको लागि छुट्टै सम्पत्ति शुद्धीकरण निवारण सुपरीवेक्षण महाशाखा स्थापना गर्ने भएको छ ।

बैंकले माघ १ गतेदेखि लागू हुने गरी सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तिय लगानी सम्बन्धि निरीक्षण तथा सुपरीवेक्षणको प्रभावकारीता बढाउन छुट्टै विशिष्टिकृत सुपरीवेक्षण युनिट स्थापना गर्न लागेको हो ।

राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तिय लगानी सम्बन्धि निरीक्षण तथा सुपरिवेक्षण विभिन्न वित्तिय इकाईहरुमार्फत गर्दै आएको थियो । सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तिय लगानी निवारण गर्ने नेपालको अन्तराष्ट्रिय प्रतिवद्धतालाई पूरा गर्नका लागि राष्ट्र बैंकले छुटै युनिट स्थापना गरेर अझ प्रभावकारी रुपमा सुपरीवेक्षण गर्ने उद्देश्यले सम्पत्ति शुद्धीकरण निवारण सुपरीवेक्षण महाशाखा स्थापना गर्न लागिएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताउनुभयो ।

उहाँले राष्ट्र बैंकबाट सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धि सुपरीवेक्षण विभिन्न ईकाई तथा सुपरीवेक्षण शाखामार्फत भएपनि अब थप प्रभावकारी बनाउनको लागि छुट्टै युनिट बनाएको बताउनुभयो । उहाँले सम्पत्ति शुद्धीकरण निवारण सुपरीवेक्षण महाशाखाले प्रभावकारी रुपमा आतङ्कवादी क्रियाकलापमा वित्तिय लगानीका सम्बन्धमा सुपरीवेक्षण गर्ने बताउनुभयो ।

प्रवक्ता भट्टले नेपाल राष्ट्र बैंक सम्पत्ति शुद्धीकरणका कारण मुलुकको प्रतिष्ठा र व्यवसायीक वा बैंकिङ गतिविधि अफ्ठ्यारो नपरोस् भन्ने विषयमा सचेत र सजग रहेको बताउनुभयो । उहाँले राष्ट्र बैंकले अहिले पनि सम्पत्ति शुद्धीकरणका विषयमा सुपरीवेक्षण गरिरहेको बताउनुभयो । उहाँले विभिन्न विभागहरुमा छरिएर रहेको सम्पत्ति शुद्धीकरण सुपरीवेक्षण निवारण गर्ने कार्यलाई सम्पत्ति शुद्धीकरण निवारण सुपरीवेक्षण महाशाखाबाट विशिष्टिकृत रुपमा काम गर्नको लागि गठन गरिएको बताउनुभयो ।

प्रवक्ता भट्टले आगामी दिनमा सम्पत्ति शुद्धीकरण सम्बन्धि सुपरीवेक्षणलाई अझ प्रभावकारी बनाउनको लागि सम्पत्ति शुद्धीकरण निवारण सुपरीवेक्षण महाशाखाले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । उहाँले राष्ट्र बैैंकले अन्तर्राष्ट्रिय रुपमा भएका सम्पत्ति शुद्धीकरण सम्बन्धि प्रतिवद्धताहरुलाई पूरा गर्ने कार्यमा कमी हुन नदिने गरी काम भइरहेको बताउनुभयो । उहाँले राष्ट्र बैंकले केही दिन अगाडि सम्पत्ति शुद्धीकरण सम्बन्धि मार्ग निर्देशन समेत जारी गरेको बताउनुभयो ।

उहाँले राष्ट्र बैंकले संस्थागत संरचना पनि एउटा थप प्रभावकारी र बलियो बनाउने उद्देश्यका साथ विशिष्टिकृत सम्पत्ति शुद्धीकरण सुपरीवेक्षण निवारण युनिट स्थापना गरिएको बताउनुभयो । उहाँले महाशाखा स्थापनाले अन्तर्राष्ट्रिय निकायहरुसँग सम्पर्क र समन्वय गर्नका लागि सहज र सम्पत्ति शुद्धीकरण सुपरीवेक्षण निवारण सम्बन्धि सुपरिभिजनको प्रभावकारीतामा अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।