
कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकाले नागरिकलाई उनीहरुको घर दैलोमै नगरको सेवा प्रवाह गरेको छ ।
नगरपालिकाका शाखाहरुबाट प्रवाह हुने सेवाहरु जनतालाई सहज होस भन्दै नगरपालिकाले एकीकृत घुम्ति शिविर सञ्चालन गरी वडा कार्यालयबाट नगरको सम्पूर्ण सेवाहरु प्रवाह गरेको हो ।
एकीकृत घुम्ति शिविरको सुरुवात गर्दै नगर प्रमुख रजतप्रताप साहले जनतालाई उनीहरुको घर आगनमै पुगेर सेवा दिने लक्ष्यसहित कार्यक्रम सुरुवात गरेको बताउनुभयो ।
नगरपालिकाले सोमबार एकीकृत घुम्ति शिविर नगरको वडा नं. १२ बाट सुरुवात गरेको छ । वडा कार्यालयमा नगरपालिकाका सबै शाखाहरुबाट हुने काम कारवाही वडाबाट प्रवाह गरेको हो ।
एकीकृत घुम्ति शिविरमा नगरले शाखा स्थापना गरी वडाका सेवाग्राहीलाई सेवा प्रदान गरेको हो ।
प्रतिक्रिया दिनुहोस्