
काठमाडौं । अनलाइनमार्फत सट्टेबाजी गरेको आरोपमा प्रहरीले दुई जनाले पक्राउ गरेको छ ।
एक जना भारतीय नागरिकसहित पाल्पा रैनादेवी छहरा गाउँपालिका–४ का रुद्रप्रसाद पोखरेललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
काठमाडौंका विभिन्न स्थानमा अनलाइन सट्टेबाजी गराएका आरोपमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरूविरुद्ध सट्टेबाजी गर्न गराउन नहुने कसुरअन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्