१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मोरङमा राष्ट्रिय परिचयपत्रका लागि २ लाख ९० हजारको विवरण संकलन


169
Shares

काठमाडौं । राष्ट्रिय परिचयपत्रका लागि मोरङमा २ लाख ९० हजार जनाको विवरण संकलन गरिएको छ ।

गत कात्तिकदेखि यहाँका एक महानगरसहित १७ पालिकामा विवरण संकलन गर्न सुरु गरिएको थियो ।

बेलबारी, सुन्दरहरैंचा, बुढीगङ्गा र विराटनगर महानगरपालिकाबाहेक सबै पालिकामा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गर्ने काम सम्पन्न भएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार देशभरका ३५ जिल्लाका ९६ लाखको विवरण संकलन भइसकेको छ ।

मोरङको बेलबारी नगरपालिकामा सोमबार आयोजित राष्ट्रिय परिचयपत्रको लागि विवरण दर्ता अभियानसम्बन्धी अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले राष्ट्रिय परिचयपत्र निकै महत्वपूर्ण हुने भनिएकाले यस्तो अभियानमा सरिक हुन आग्रह गर्नुभयो ।

उहाँले जिल्ला प्रशासन कार्यालयमा दैनिक सात सय मानिसलाई राहदानी, सिफारिस, नागरिकता तथा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन भइरहेको जानकारी दिनुभयो ।