२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


ओखलढुंगामा धानको उत्पादन बढ्यो


104
Shares

ओखलढुंगा । ओखलढुंगामा बिगत वर्षमा भन्दा यस वर्ष धान उत्पादनमा बृद्धि भएको छ ।

यस वर्ष विगत वर्षभन्दा ४ सय ४० मेट्रिक टन बढी धान उत्पादन भएको छ ।

यसवर्ष समयमै पानी परेपछि जिल्लामा धान उत्पादन बढेको हो । यस वर्ष १३ हजार २ सय ५३ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र ओखलढुंगाले जनाएको छ ।

धानबालीमा रोग किराको प्रकोपमा समेत कमी आउँदा धान उत्पादन वृद्धि भएको हो ।

अघिल्लो वर्ष १२ हजार ८ सय १३ मेट्रिकटन धान उत्पादन भएको थियो । गत वर्ष भित्र्याउने समयमा असिना पानीले धान बालिमा क्षति पुगेको थियो ।

जिल्लामा चार हजार ४ सय ३ हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आएको छ ।