
web pic
काठमाडौं । कालिकोटको कर्णाली नदीमा दुर्घटनामा परी बेपत्ता भएका दुई जनाको शव फेला परेको छ ।
गत शनिबार कर्णालीको त्रिवेणी गाउँपालिकास्थित फुकोट जलविद्युत आयोजनाको जेसीबी दुर्घटना हुँदा बेपत्ता भएका तीन जना मध्ये दुई जनाको शव सशस्त्र प्रहरीको गोता खोरले फेला पारेको सशस्त्र प्रहरीले जनाएको हो ।
बेपत्ता भएका मध्ये सोही गाउँपालिका १ बस्ने २० वर्षिय उमेश गिरीको शव सोमबार र कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका ४ बस्ने २३ वर्षिय जेसीबी चालक मंगल चुडारीको शव मंगलबार फेला परेकोे सशस्त्रले जनाएको हो ।
दुर्घटनामा परी हराइरहेका सोही गाउँपालिकाका १९ वर्षिय रक्तिम सार्कीकोे खोजी कार्य जारी रहेको पनि सशस्त्रले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्