Logo २८ मंसिर २०८२, आइतबार | Mon Dec 15 2025


काभ्रे बस दुर्घटना अपडेट: मृतक १७ मध्ये १३ जनाकाे पहिचान खुल्याे


1.1k
Shares

काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिका–४ काे चलाल गणेशस्थानमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ जना पुगेको छ ।

साेही दुर्घटनामा २२ जना घाइते भएकाे प्रहरीले बताएकाे हाे । आज बुधबार मृतक १७ जना मध्ये १३ जनाकाे भने पहिचान खुलेकाे जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख चक्रराज जोशीले जानकारी दिनुभयाे । घटनास्थल, शिर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा गरी अहिलेसम्म १७ जनाको मृत्यु भएको उहाँले बताउनुभएकाे हाे ।

बेथानथोक-५ च्याल्टिमा ब्रतबन्धनमा सहभागी भएर पनौती नगरपालिका–४ सल्ले फर्किदै गरेको बा ३ ख ४३८५ नम्बरको बस मंगलबार साढे ६ बजे दुर्घटनामा परेको हो । पहिचान खुलेका मृतक १३ जनाको नामावलीसहित तल उल्लेख गरिएकाे छ ।

१. बनेपा नगरपालिका–१४ का रामकुमार तामाङ
२. बनेपा नगरपालिका–११ की निर्मला तामाङ
३. बनेपा नगरपालिका–११ का योगेश तामाङ
४. बनेपा नगरपालिका–११ का आकुर तामाङ
५. बनेपा नगरपालिका–११ का आकुर तामाङकी श्रीमती हेमा तामाङ
६. बनेपा नगरपालिका–११ का पुष्कर तामाङ
७. बनेपा नगरपालिका–११ की कोपिला तामाङ
८. बनेपा नगरपालिका–११ की कोपिला तामाङकी ६ वर्षीया छोरी श्रेया तामाङ
९. मण्डनदेउपुर नगरपालिका–१ की जेली तामाङ
१०. ललितपुर महाँकाल गाउँपालिका घर भई हाल पनौती– ४ बस्ने बस चालक सन्तोष तिमल्सिना
११. धुलिखेल नगरपालिका–११ का बु्द्ध तामाङ
१२. बेथानचोक गाउँपालिका–५ की मञ्जु तामाङ
१३. बनेपा नगरपालिका–१४ की गीता श्रेष्ठ रहेकी छन् ।

बाँकी ४ जना मृतककाे भने पहिचान अझै खुल्न नसकेकाे जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएकाे छ ।