
विराटनगर । विराटनगर महानगरपालिकाले कर संकलन अभियान थालेको छ ।
गत दुई आर्थिक वर्षमा लक्ष्यको ५० प्रतिशत पनि आन्तरिक आय संकलन नभएपछि महानगरपालिकाले आज बुधबारदेखि कर संकलन अभियान थालेको हो । महानगरपालिकाले कर संकलनलाई वडागत रूपमा सुरु गरेकाे छ । विराटनगर महानगरले आर्थिक वर्ष २०७७/०७८ मा ९५ करोड ७५ हजार लक्ष्य लिएकोमा त्यसको ४२ प्रतिशत अर्थात ४० करोड ४९ हजार रुपैयाँ कर संकलन गरेको थियो ।
आर्थिक वर्ष ०७८/०७९ मा ९९ करोड ९० लाख उठाउने लक्ष्य राखेकोमा ४९ प्रतिशत अर्थात ४९ करोड ७८ लाख मात्रै संकलन भएको थियो । चालू आर्थिक वर्षमा ८७ करोड रूपैयाँ आन्तरिक आय गर्ने लक्ष्य लिएकोमा कात्तिक ३० गतेसम्म १५ करोड ४६ लाख ५० हजार मात्रै आम्दानी भएको छ ।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगर–४ ढाटबाट कर संकलन अभियान सुरुवात गर्दै आन्तरिक आय वृद्धि नभएपछि अभियान चलाउनु परेको बताउनुभयो। कर संकलनको अभियानभित्र घरबहाल कर, सम्पति कर र व्यवसाय करलाई बढी जोड दिइएको उहाँले बताउनुभयाे ।
प्रतिक्रिया दिनुहोस्