२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


ओखलढुंगामा एक बाख्रा फार्ममा आगलागी हुँदा ८० लाख बराबरको क्षति


78
Shares

ओखलढुंगा । मंगलबार राति ओखलढुंगाको मोलुङ गाउँपालिका-१ आरुबोट सञ्जय बाख्रा फार्ममा आगलागी भएकाे छ ।

आगलागी हुँदा ८० लाख बराबरको क्षति भएको हाे । आगलागीबाट फार्ममा भएका बाख्रा र फार्मका भौतिक संरचना समेत जलेर क्षति भएका छन् । इलाका प्रहरी कार्यालय बरुणेश्वरका अनुसार विजुलीको लाइन सर्ट भएर फार्म आगलागी भएको थियो ।

आगलागीबाट फार्ममा रहेका बोयर, खरी र जमुनापारी लगायतका जातका १ सय २५ वटा बाख्रा जलेका थिए । आगलागीका कारण फार्म पूर्ण रुपमा क्षति भएको प्रहरीले बताएकाे छ ।