
सिन्धुली । सिन्धुलीमा व्यवसायिक केरा खेती फस्टाउँदै गएकाे छ ।
सिन्धुलीको विभिन्न स्थानमा लगाइएकाे गरिएका केरा खेतीले स्थानीय किसानहरुको जीवनस्तरलाई माथि उकास्न समेत मदत पुगेकाे हाे । परम्परागत रुपमा गरिने अन्न बालीको तुलनामा व्यवस्थित रूपमा गरिने फलफूलको खेतीले बढी आम्दानी हुने गरेकाे छ । साथै केरा खेतीले जीविकोपार्जनमा समेत सहज हुने स्थानीय किसानहरुले नै बताएका छन् ।
पछिल्लो समयमा वीपी, मदन भण्डारी र पुष्पलाल मध्यपहाडी सडकको हव भएपछि सडक यातायातमा आवतजावत गर्ने यात्रुहरू नै सिन्धुलीमा उत्पादित केराकाे ग्राहक हुने गरेका छन् । सिन्धुलीकै अत्यन्त पिछडिएको सोही क्षेत्रमा बसोबास गर्ने तामाङ, मुसहर र दनुवार जातिलाई आर्थिक र सामाजिक रुपमा माथि उठाउन स्थानीय गैर-सरकारीहरुको आर्थिक तथा प्राविधिक सहयोगमा कमलाखोंको करिब १० बिघा जमिन क्षेत्रमा केरा खेती सुरू गरिएको थियो ।
सिन्धुलीमा माल्पु र मर्चमाने लगायत आधा दर्जन भन्दा बढी विभिन्न जातका केरा खेती हुने गरेको कृषि ज्ञान केन्द्र सिन्धुलीले जनाएको छ । सिन्धुलीमा उत्पादित केराहरु स्थानीय रूपमा खपत भएका छन् । सिन्धुलीमाडी, महोत्तरी जिल्लाको बर्दिबास र रामेछापको मन्थलीमा समेत बिक्री वितरणमा पठाउने गरिएकाे छ ।
प्रतिक्रिया दिनुहोस्