
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले काभ्रेको बेथानचोक गाउँपालिका–४, चलाल गणेशस्थानमा भएको बस दुर्घटनामा घाइते भएकाको निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।
अध्यक्ष दाहालले मंगलबार शोक वक्तव्य जारी गरी दुर्घटनाका घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको हो ।
‘मंगलबार साँझ भएको बस दुर्घटनामा १८ जनाको मृत्यु भएको खबरले मर्माहत बनाएको छ, उक्त दुर्घटनामा परी निधन हुनुभएकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दछुु,’ शोक वक्तव्यमा भनिएको छ ।
अध्यक्ष दाहालले दुर्घटनाको कारण पत्ता लगाई बढ्दो सवारी दुर्घटना रोक्न सम्बन्धित सबैमा आग्रह समेत गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्