२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025

तनहुँको कृष्ण मोटरमार्ग १० दिन बन्द


195
Shares

काठमाडौं । जिल्लाको घिरिङ गाउँपालिकाअन्तर्गत कृष्ण मोटर मार्गमा १० दिनका लागि सवारी आवागमनमा बन्द गरिएको छ ।

आगामी पुस १ देखि १० गतेसम्म सवारीसाधन आवागमन बन्द गरिएको सो गाउँपालिका कार्यालयले जनाएको छ ।

सो गाउँपालिकाको खिलाबाट गाउँपालिका कार्यालयसम्मको सडक खण्डमा कालोपत्र कार्य भइरहेकाले यातायात बन्द गर्नुपरेको गाउँपालिकाका अधिकृत धु्रवराज लामिछानेले जानकारी दिनुभयो । सो अवधिसम्म वैकल्पिक बाटो प्रयोग गरिदिनसमेत यातायात व्यवसायीलाई अनुरोध गरेको उहाँले बताउनुभयो ।

“सडक कालोपत्रको समयमा सवारी आवतजावतमा समस्या हुने भएकाले बन्द गरेर काम गर्न लागेको हौँ”, उहाँले भन्नुभयो, “यसबाट पर्न गएको असुविधाप्रति गाउँपालिका कार्यालय क्षमाप्रार्थी छ ।”