१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सिन्धुलीमा जुनार खेती फस्टायो


221
Shares

सिन्धुली । सिन्धुलीको प्रमुख नगदेबाली जुनार फलको खेती यस वर्ष फस्टाएको छ ।

जुनार खेतीको विकास विस्तार र जुनार कृषकका समस्या समाधान गर्नका लागि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना जुनार सुपरजोन कार्यक्रम संचालन गरेपछि जुनार खेतीको विस्तार र रोग किरा नियन्त्रण भएको छ ।

विगतमा परम्परागत रुपमा गरिँदै आएको धान, मकै, कोदो, फापर जस्ता खेतीको तुलनामा व्यवसायिक रुपमा गरिएको जुनारको खेतीबाट यसवर्ष सिन्धुलीका कृषकलाई राम्रो आम्दानी भएको छ ।

सुन्तला जातको फल जुनार उत्पादनका लागि नेपालमै प्रख्यात मानिएको सिन्धुलीमा यसवर्ष करिब २२ हजार मेट्रिक टनको हाराहारीमा उत्पादन हुने लक्ष्य राखिएको छ । विगतमा प्रतिवर्ष २९ देखि ३५ हजार मेट्रिक टन सम्म जुनार उत्पादन भएको एक तथ्यांकले देखाएको छ ।

सिन्धुलीको तीनकन्या, वाशेश्वर, रतनचुरा, जलकन्या, भुवनेश्वरी, मझुवा लगायतका स्थानहरुमा जुनारको उत्पादन हुँदै आएको छ ।

सिन्धुलीको प्रमुख नगदेबाली जुनार खेती विस्तार, बजारीकण तथा जुनार किसानहरुका समस्या समाधान गर्ने मुल हेतुले सरकारले जुनार सुपरजोन कार्यक्रम संचालन गरेपछि किसानहरुलाई फाईदा पुगेको छ ।

सिन्धुलीमा जुनार बिक्रीबाट यसवर्ष करिब २५ करोड रुपैयाँ स्थानीय कृषकले आम्दानी गर्ने अनुमान गरिएको छ ।