२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


काठमाडौं उपत्यकामा मेट्रो चलाउनुपर्छ : चिरिबाबु महर्जन


1.378k
Shares

काठमाडौं । ललितपुर महागरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा मेट्रो चलाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

बिहीबार काठमाडौं महानगरपालिकाको २८ औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रम उहाँले उपत्यकामा मेट्रो चलाउनको निम्ति काठमाडौं महानगरपालिकासँग आफूहरु सहकार्य गर्न तयार रहेको स्पष्ट पार्नुभयो ।

त्यसैगरी उहाँले ललितपुर महानगरपालिकामा आफूले साइकल लेन बनाएको भन्दै सो लेनलाई काठमाडौं महानगरपालिका हुँदै शिवपुरी डाँडोसम्म जोड्ने प्रस्ताव गर्नुभयो । उहाँले यसको निम्ति महानगरपालिकालाई अविलम्व कदम चाल्न आग्रह गर्नुभयो ।

उहाँले सार्वजनिक खरिद ऐन २०६३ को आमुल सुधार गर्नुपर्ने बताउनुभयो । सो ऐन स्थानीय पालिकाको लागि असाफसिद्ध रहको भन्दै यसमा सुधार नभएसम्म पालिकाले काम गर्ने वातावरण नभएको उल्लेख गर्नुभयो ।