
फाइल तस्बिर
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले पदबाट राजीनामा दिएका छन् ।
डिसेम्बर २ देखि ८ सम्म नामिबियामा सम्पन्न आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशिय शंखलामा लज्जास्पद प्रदर्शन गरेर नेपाली क्रिकेट टिम घर फर्किएसँगै प्रभाकर पनि सुटुक्क भारत प्रस्थान गरेका थिए । तर, उनले पद त्यागेको हो या हैन भन्ने कुरा नेपाल क्रिकेट संघ (क्यान)ले औपचारिक घोषणा गरेको थिएन ।
बिहीबार क्यानले प्रभाकरको राजीनामा स्वीकृत गरेको जानकारी गराएको छ । यस्तै, क्यानले उनलाई आगामी यात्राका लागि शुभकामना पनि दिएको छ ।
प्रतिक्रिया दिनुहोस्