
काठमाडौं । कतार विश्वकप फाईनल चरणमा पुगिसकेको छ । आइतबार हुने फाईनल खेलमा फ्रान्स र अर्जेन्टिना दुबै देश नै तेस्रो जितको खोजीमा रहेको छ । हरेक पटक जस्तो यो विश्वकपमा रमाईला तथा आश्चर्यजनक क्रियाकलाप भएका छन् ।
कतार विश्वकपको खेल फाईनल चरणसम्म पुग्दा धेरै नयाँ तथा अनौठो देखिएका छन् । जारी विश्वकपको दौरान खेलाडीलाई समर्थकको उत्कृष्ट साथ छ । खेलाडीका परिवारका सदस्य पनि उत्तिकै रुचि र लगावका साथ रंगशालामा उपस्थित भइरहेका छन् । विश्वकपको दोस्रो दिनमा भएको ईङ्ल्यान्ड र इरानको खेलमा ईरानका खेलाडीहरुले राष्ट्रिय गान नै गाएनन् ।
विश्वकपको ईतिहासमा यो एक अनौँठो घटना थियो । इरानमा केही महिनाअघि प्रहरी हिरासतमा २२ वर्षीय महसा अमिनीको मृत्यु भएको थियो । र त्यो घटनाको इरानमा विरोध हुँदै आएको थियो । सोही विरोधको समर्थनमा इरानी खेलाडीले राष्ट्रिय गान नगाएका हुन् । उनीहरुको उक्त विरोधका कारण इरानी सरकारले नैतिक पुलिसलाई निलम्बन गर्यो । कतार विश्वकप सुरुवाति चरण एसिएन देशहरुहरुको लागि सुखद रह्यो । जसको सुरुवात नै साउदी अरेबियाको नतिजाबाट सुरु भयो । विश्वकपको तेस्रो दिनमा भएको खेलमा साउदी अरेबियासँग अर्जेन्टीन २–१ गोलले पराजित भयो ।
प्रतियोगितामा छनोट भएको फिफा वरीयताको दोस्रो सबैभन्दा कमजोर टिमले अर्जेन्टिनालाई हराउनु एक अप्रत्यासित नतिजा थियो । जसका कारण साउदी अरेबियाले एक दिन राष्ट्रिय बिदा नै दिएको थियो । तर समूह चरणको अन्य दुई खेलमा जित निकाल्न नसक्दा साउदीले समूह चरण पार गर्न सकेन । समूह चरणको पहिलो खेलअघि सामूहिक फोटो खिचाउने क्रममा जर्मनीका खेलाडीले हातले मुुख छोप्दै रंगभेदी कार्यको विरोध जनाएका थिए ।
प्रतियोगिता सुरु हुनुअघि इंग्ल्यान्ड, वेल्स, जर्मनी, बेल्जियम, नेदरल्यान्ड्स, स्वीट्जरल्यान्ड र डेनमार्कका कप्तानहरुले रंगभेदी कार्यको विरोध स्वरुप ‘वान लभ आर्मब्यान्ड’ लगाउने घोषणा गरेपनि फिपाले लगाउन नपाउने निर्णय गरेको थियो । प्रि क्वाटरफाईनलको खेलमा दक्षिण कोरियालाई पहिलो हाफमा नै ४ – ० को अग्रता दिलाएपछि ब्राजिलियन खेलाडिहरुले मैदानमै ब्राजिलको प्रसिद्ध नाच साम्बा गरेका थिए । यही खेलसँगै दक्षिेण कोरिया विश्वकपबाट बाहिरिएको थियो । विश्वकप २०२२ को खेलमा क्रोएसिआले उत्कृष्ट प्रदशन गरेपनि फाईनल पुग्न सेकन । क्वाटरफाइनलमा ब्राजिललाई हराउँदै क्रोएसिया तेस्रो पटक विश्वकपको सेमिफाइनल प्रवेश गरेको थियो ।
यस प्रतियोगितामा क्रोएसियाका खेलाडीको गति र उमेर सबैको चिन्ताको विषय थियो । मैदानमा भने गति र उमेरले उनीहरुलाई छेक्न सकेन । विश्वकपको ईतिहासमा पहिलोपट अफ्रिकी राष्ट्र सेमिफाइनल प्रवेश गर्यो । मोरक्कोले क्वाटरफाइनलको खेलमा पोर्चुगललाई पराजित गर्दै सेमिफाईनलमा पुग्यो । यस विश्वकपमा मोरक्को टिमका गोलकिपर यासिन बोनोको निकै ठूलो भूमिका रह्यो ।
गोलपोष्टमा निकै राम्रो पकड भएका उनले पेनाल्टी सुटमा पनि उत्तिकै उत्कृष्ट बचाउ गरे । यद्यपी मोरक्कोले अघिल्लो विश्व विजेता फ्रान्सलाई हराउन सकेन । त्यस्तै, कतार विश्वकपमा पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डो अन्तिम १६ मा स्वीट्जरल्यान्डसँगको खेलमा मैदान प्रवेश गर्न पाएनन् ।
उनको ठाउँमा गोन्सालो रामोसलाई मैदानमा लगियो । त्यस्तै, क्वाटरफाइनलमा मोरक्कोसँगको खेलमा पनि उनी पहिलो रोजाइमा परेनन् । रोनाल्डोजस्तो कप्तान बेन्चमा बस्नु यो विश्वकपमा भएको एक निकै अनपेक्षित र आश्चर्यको विषय थियो । पोर्चुगलले युवा खेलाडीलाई मौका दिँदा उनी बेन्चमा परेका थिए ।
प्रतिक्रिया दिनुहोस्