
काठमाडौं । टोखाको तलेजु मन्दिर परिसरमा पुरानो संरचनाको भग्नावशेष फेला परेको छ ।
टोखा नगरपालिका-२ मा रहेको मन्दिर परिसरमा पाटी बनाउन डोजरले जमिन खन्ने क्रममा करिब २० फिट अग्लो पुरानो इटाको संरचना फेला परेको हो ।
सो क्षेत्र प्राचिनकालमा टोखा दरबार रहेको स्थानीयको भनाइ छ । भग्नावशेष फेला परेपछि स्थानीयले डोजरबाट जमिन खन्न र पाटी बनाउन रोकेका छन् ।

स्थानीयले पुरातत्व विभागमा खबर गरेर पुरातात्विक अन्वेषण गर्नु पर्ने बताएका छन् । ७८ वर्षिय कान्छा डंगोलले सो स्थानमा टोखा दरवार छ भन्ने सुनेको बताउनुभयो ।

सुनिल डंगोलले संरचना प्राचिन मुख्य दरबारको हुन सक्ने भन्दै पुरातात्विक उत्खनन र अनुसन्धान हुनु पर्ने माग गर्नुभयो । मन्दिर परिषरमा डोजर चलाएपछि सो क्षेत्रमा रहेका भग्नावशेषको संरचनामा क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्