
काठमाडौं । नेपाल चेम्बर अफ कर्मसका उपाध्यक्ष दिपक मलहोत्राले मुलुकमा स्थिर सरकार नहुँदा विदेशी लगानी भित्र्याउने वातावरण नभएको बताउनुभएको छ ।
बिहीबार काठमाडौं भएको आइपीडिएफको कार्यक्रममा उपाध्यक्ष मलहोत्राले नेपालमा विदेशी लगानी भित्र्याउने वातावरण बनाउनको लागि स्थिर सरकार आवश्यक रहेको बताउनुभएको हो ।
उहाँले पाँच वर्ष अघि स्थिर सरकार बनेर लगानीको वातावरण बन्ने आशा गरिएपनि सफल हुन नसकेको पनि बताउनुभयो । उहाँले अब बन्ने सरकारले विदेशमा गएका युवा जनशक्तिलाई नेपालमा कसरी फर्काउने र उद्योगधन्दा बढाएर रोजगारी कसरी दिने भन्ने विषयमा ध्यान दिनुपर्ने बताउनुभयो ।
यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य अरुण सुमार्गीले निजी क्षेत्रलाई विदेशी लगानी ल्याउन भनेपनि सरकारको नीति नै बाधक रहेको बताउनुभयो ।
उहाँले नेपालमा उद्योगधन्दाहरु खुल्ने ठूलो सम्भावना भएपनि नीतिगत कारणले खोले पनि चल्न नसक्ने अवस्था रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्