
काठमाडौं । प्रत्यक्ष लोकदोहोरी ‘छहारी बजारमा’ सुमन परियारसँग गाएको गीतका कारण कमला घिमिरे विवादमा परेकी छन् ।
छहारी युट्युब च्यानलले ५ दिनअघि युट्युबमा अपलोड गरेको यो दोहोरीका टुक्काहरु टिकटक लगायत सामाजिक सञ्चालमा भाइरल भइरहेका छन् ।
कतिपयले गीतमा रहेको गायिका घिमिरेको स्वरको तारिफ गरेका छन् भने धेरैले गीतमा पछिल्ला चर्चित स्क्याण्डल मसलाको रुपमा प्रयोग भएको भन्दै आलोचना गरेका छन् ।
यो दोहोरीमा कसलाई निशाना बनाइएको हो भन्ने बुझ्न कठिन छैन । खासगरी १० लाख वाला टुक्काले सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ ।
कतिपयले समीक्षा अधिकारीलाई चोट दिएको भन्दै सामाजिक सञ्जाल मार्फत गीत बहिष्कारको माग गरेका छन् । सर्वसाधारणले मात्र होइन, लोकदोहोरी क्षेत्रका कलाकारले पनि कमलाले यस्तो गीत गाउनु र गाउन लगाउनु गलत भएको भन्दै प्रतिक्रिया दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्